रत्ननगर, चितवन ११ मंसिर – जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने भएको छ रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सो महोत्सव यसपटक कृषि विशेषका रुपमा आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिए चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ५०० हेक्टरमा कृषि जोन कार्यक्रम सञ्चालन भएकाले महोत्सवमा विशेष कृषिको व्यवसायीकरणमा जोड दिइएको रेग्मीले बताए । महोत्सवमा उद्योग, व्यापार, पर्यटन, स्थानीय कला संस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन गरिनेछ पुस २७ गतेदेखि माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावित क्षेत्रीय रंगशालामा सञ्चालन हुने उक्त महोत्सवमा ४५० कक्ष रहनेछ । नवौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको सो महोत्सवमा पाँच लाख दर्शकको सहभागिता हुने र करिब रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया