एजेन्सी, ११ मंसिर । इन्डोनेसियाको बाली द्विपमा रहेको माउन्ट आगुङ्ग ज्वालामुखीबाट ४ हजार मिटरसम्म धु्ँवा फैलिएपछि ‘रेड वार्निङ’ जारी गरिएको छ यसै साता इन्डानेसियाका कुनै टापुमा ज्वालामुखीबाट धुँवा निस्किएको दोस्रो घटना हो । जसका कारण रेड वार्निङ जारी गर्नु परेको छ । यसको अर्थ हो कि त्यहाँ ज्वालामुखी विस्फोटको सम्भावना उच्च रहेको छ धुँवा फैलिएपछि सो क्षेत्रमा सरकारले मास्क बाँडिरहेको छ भने ठूलो क्षेत्र खाली गरिएको छ । बाली इन्डोनेसियाको एक प्रमुख पर्यटकीय क्षेत्र हो बालीका आकर्षणका केन्द्र कुटा र सेमिनयाकजस्ता इलाका ज्वालामुखीबाट करिब ७० किलोमिटर टाढा मात्रै रहेका छन् । सो टापुमा रहेको मुख्य एयरपोर्टले सामान्य रुपमा काम गरेको भएपनि केही विमान कम्पनीले उडान रद्द गरेका छन् ज्वालामुखीबाट आउने धुँवाले विमानको इन्जिन समेत खराब बनाइदिन सक्छ । धुँवाको बादल बालीबाट लोम्बोक द्वीपतर्फ अघि बढिरहेको छ । जहाँ मुख्य अन्तर्राष्ट्रिय हवाई अड्डा रहेका छन् इन्डोनेसियाको आपतकाल निवारण एजेन्सीले माउन्ट आगुङ्गको क्षेत्रमा पर्यटक सुरक्षित रहेको जनाएको छ । एजेन्सीले मानिसहरुलाई साढे ७ किलोमिटर इलाका खाली गर्न आग्रह गरेका छन् यसै वर्ष १ लाख ४० हजार जनताले घर छाडेपछि २५ प्रतिशत अझै अस्थायी घरमा रहेका छन् । सेप्टेम्बरको अन्तिममा सर्वसाधारणलाई घर फर्किन भनिएको थियो प्रशासनले यसका कारण पर्यटन र उत्पादनका क्षेत्रमा बालीमा ११० मिलियन डलरको नोक्सान भएको जनाएको छ । इन्डोनेसिया एक प्रकारले ज्वालामुखीको घर हो । जहाँ १३० सक्रिय ज्वालामुखी रहेका छन् अन्तिम पटक माउन्ट आगुङ्गमा १९६३ मा ज्वालामुखी फुट्दा १ हजारभन्दा बढीको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया