वासिंगटन, १२ मंसिर । अमेरिकामा संघीय वित्तीय निगरानी गर्ने निकायको प्रमुखका रुपमा सिफारिशमा परेकालाई नराखेर एकजना निकट सहयोगीलाई नियुक्त गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णय विवादित बनेको छ सो ब्यूरोका प्रमुखले राजीनामा दिएपछि उनको उत्तराधिकारीमा सिफारिश गरिएकी लियाण्ड्रा इंग्लिशले यो विषयलाई लिएर अदालत जाने बताएकी छन् ट्रम्पले नियुक्त गरेका माइक मल्भेनीले ‘कन्जुमर फाइनान्सियल प्रोटेक्शन ब्यूरो’ भनिने सो निकायलाई कुनैबेला ‘एउटा बिरामी र दुखद मजाक’ भएको टिप्पणी गरेका थिए राष्ट्रपति ट्रम्पले स्थायी अधिकारी नियुक्त नहुञ्जेल मल्भेनीलाई सो निकाय हेर्ने जिम्मेवारी दिएका छन् । सो निकायबाट बाहिरिएका निर्देशकले आफ्ना उत्तराधिकारीका रुपमा लियाण्ड्रा इंग्लिशलाई चयन गरेका थिए त्यसबारे प्रतिक्रिया दिँदै मल्भेनीले भने, ‘मलाई आश्चर्य लागेको छैन, इंग्लिशले थालेको उत्तराधिकारीसम्बन्धी चुनौतीको हामीले सामना गरिरहेका छौं ।’ह्वाइट हाउसकी प्रवक्ताले कानूनी रुपमा मल्भेनी सो ब्यूरोको कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हकदार भएको दाबी गरेकी छन् । सो मुद्दाको छिट्टै सुनुवाइ गर्ने अदालतको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया