राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा एक करोड धरौटी बुझाएर रिहा

काठमाडौं, १२ मंसिर – विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु एक करोड धरौटी माग्ने आदेश गरेको र सोही आदेशअनुसार धरौटीमा छुटेको विशेष अदालतका सूचना अधिकारी विष्णु पाण्डेले जानकारी दिए आदेशअनुसार रु एक करोड धरौटीको रकम नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी देखाएपछि शर्मा धरौटीमा रिहा भएका हुन् कर फस्र्याैट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पनि विशेष अदालतले जनही रु एक करोड धरौटी माग गरेको थियो । सो रकम तिर्न नसकेर दुवै यही मंसिर ५ गते कारागार चलान भएका थिए । .आयोगमा अनियमित ढंगले कर मिनाहा दिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मालाई गत १९ जेठमा पक्राउ गरेको थियो सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइपछि अन्तरिम आदेश दिएपछि शर्मा अख्तियारको हिरासतबाट मुक्त भई विशेष अदालतको थुनछेक बहसपछि आज धरौटीमा रिहा भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?