काठमाडौं, १४ मंसिर । इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी, चेल्सी, आर्सनल र लिभरपुल विजयी भएका छन् बुधबारराति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीले साउथह्याम्पटनलाई २–१ ले पराजित ग¥यो सिटीको जितमा केभिन डे ब्रायन र रहिम स्टर्लीङले एक एक गोल गरे भने साउथह्याम्पटनका ओरियोल रोमिउले एक गोल फर्काए बुधबार राति नै भएको अर्को खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीले स्वान्सी सिटीलाई १–० ले हरायो । चेल्सीको जितमा एन्टोनियो रुडिगरले हेड गोल नै निर्णायक बन्यो यसैगरी आर्सनलले हडर्सफिल्ड टाउनलाई ५–० को फराकिलो अन्तरले हराएको छ । आर्सनलको जितमा ओलिभर जिरुले दुई तथा अलेक्जेण्डर लाकाजेट, अलेक्सिस सान्चेज र मेसुट ओजिलले एक एक गोल गरे प्रिमियर लिग फुटबलकै अर्को खेलमा लिभरपुलले स्टोक सिटीलाई ३–० ले हरायो । लिभरपुलको जितमा मोहेमद सालाहले दुई तथा सादियो मानेले एक गोल गरे प्रिमियर लिगअन्तर्गत बुधबार राती भएका अन्य खेलमा एभर्टनले वेष्ट ह्याम युनाईटेडलाई ४–० ले हराउँदा बर्न्लेले बर्नमाउथमाथि २–१ को जित निकाल्योबुधबाररातिका खेलपछि अंक तालिकामा १४ खेलबाट ४० अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत छ भने समान खेलबाट ३२ अंक जोडेको म्यान्चेस्टर युनाइटेड दोस्रो र २९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया