झापा, २० भदौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद् र प्रदेशको चुनाव आउन तीन महिना मात्र बाँकी रहेका बेला नेता पशुपतिशमशेर राणाले पार्टी विभाजन गरेर ठूलो विश्वासघात गरेको आरोप लगाएका छन ।आज बिर्तामोडमा आयोजित स्थानीय तहका पार्टी अध्यक्षको पूर्वाञ्चल क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाल हिन्दू राष्ट्र नहोस् भन्नेहरुको डिजाइनमा पार्टी फुटाइएको समेत आरोप लगाए । पार्टी विभाजन गरेर राणाले पार्टी, कार्यकर्ता र राप्रपाको एजेन्डाप्रति अन्याय गरेको थापाको टिप्पणी थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया