एजेन्सी, १४ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायती प्रधानमन्त्री थेरेसा मेलाई बेलायतमा आतंकवादमाथि ध्यान दिन सुझाव दिएका छन् बेलायती प्रधानमन्त्री मेले मुस्लिम विरोधी भिडियो शेयर गरेकामा आलोचना गरेलगत्तै ट्रम्पले आफ्ना बारेमा भन्दा पनि बेलायतमा आतंकवादी हमलामाथि ख्याल गर्न सुझाव दिएका हुन् ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘थेरेसा मे, म माथि ध्यान नदिनुहोस्, कट्टरपन्थी इस्लामिक आतंकवादमाथि केन्द्रित गर्नुहोस, जो बेलायतमा फैलिरहेका छन् । म राम्ररी काम गरिरहेको छु ।’ट्रम्पले बुधबार ट्विटरबाट तीन वटा मुस्लिम विरोधी भिडियो शेयर गरेका थिए । जसलाई बेलायतको उग्र दक्षिणपन्थी संगठनले अनलाइनमा पोस्ट गरेको थियो ।’यसअघि बेलायती प्रधानमन्त्री कार्यालयले अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायतको दक्षिणपन्थी समूह ब्रिटेन फस्र्टको ट्विट रिट्वीट गर्नु गलत भएको बताएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया