कञ्चनपुरमा भेटिएको बम नेपाली सेनाद्वारा निस्कृय

कञ्चनपुर, १४ मंसिर । कञ्चनपुरमा भेटिएको बम नेपाली सेनाले निस्कृय पारेको छ भिमदत्तनगर–५ वनगाउँमा बिहीबार बिहान गड्डाचौकी–महेन्द्रनगर सडक किनारमा रातो कपडामा बेरेर राखेको अवस्थामा बम फेला परेको थियो बिहानै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तुको वारेमा जानकारी पाएलगत्तै प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली बम रहेको स्थानमा पुगेको थियो सो बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको थियो । प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशभर बम विस्फोटका घटनाहरु भइरहेका छन् सोही क्रममा आगामी २१ गते हुने निर्वाचनलाई प्रभावित पार्न र सर्वसाधारणलाई त्रसित बनाउनका लागि बम राखेको हुनसक्ने प्रहरीको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?