काठमाडौं, १४ मंसिर । चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत रिलिज भएदेखि नै सुरु भएको विवाद र आलोचनाका बीचमा चलचित्रले ५१ दिन भने मनाइसकेको छ तर पनि फिल्मको विवाद भने अझै रोकिएको छैन यहि चलचित्र ‘छक्का पन्जा २’को कुरा गर्ने हो भने हिजो–आज सामाजिक सञ्जालमा अभिनेत्री ऋचा शर्माको बारेमा व्यापक आलोचना हुन थालेको छ । उनी यो विवादमा घेरिएकि छिन् अभिनेत्री शर्माले एक गोष्ठीमा आफ्नो कुरा राख्दै छक्का पन्जा हेर्ने दर्शक मुर्ख भएको बताएकी छिन् । आफ्नो चलचित्र ‘आधा लभ’ सिनेमा हलमा एक हप्तापनि नटिकेको तर छक्का पन्जा जस्तो चलचित्रले ब्लकबष्टर भएको भन्दै उनले दर्शकहरु एकहोरो भएको समेत आरोप लगाएकि थिइन् अभिनेत्री शर्माले ‘छक्का पन्जा’ हेर्ने जति सबै दर्शक मुर्ख भएको बताएपछि यस चलचित्रकी निर्देशक दीपाश्री निरौलाले उनलाई केही अरु शब्द नबोली सिधै ‘गेट वेल सुन’ भन्दै आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरेकिछिन् निर्देशक निरौलाको सोही स्टाटसमा चलचित्रका सम्पूर्ण कलाकार दीपकराज गिरी, अभिनेत्री प्रियंका कार्की, वर्ष राउत, स्वस्तिमा खड्काले पनि ‘गेट वेल सुन’ लेखेका छन् उक्त गोष्ठीमा अभिनेत्री शर्माले आधा समय अंग्रेजीमा आफ्नो कुरा राख्दै महिला निर्देशकको फिल्ममा महिलाले नै चड्कन खाएको भन्दै आफूलाई दर्शकले ताली बजाउँदा रिस उठेको समेत बताएकि छिन् अभिनेत्री ऋचा शर्माको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ त्यस्तै, सामाजिक सञ्जालमा अभिनेत्री ऋचा शर्मा माथि आफ्नो आक्रोश पोख्दै कलाकार दीपकराज गिरीले यस विषय बारे थप बोलेका छन् बुधबार चलचित्र ‘फिर्के’ले ट्रेलर सार्वजनिक गर्न आयोजना गरेको सो कार्ययक्रममा कलाकार गिरीले घुमाउरो पारामा अभिनेत्री शर्माको भनाई गलत भएको बताए उक्त कार्यक्रममा करिब १० मिनेट आफ्नो भनाइ राख्ने क्रममा कलाकार गिरीले ऋचामाथि प्रश्न थपे उनले आफ्नो कुनै पनि चलचित्रमा महिला हिंसा नभएको दाबी समेत गरे । केही चलचित्रमा महिला माथि वियर खन्याएको प्रसंग निकाल्दै उनको प्रश्न थियो ‘यो महिला हिंसा होकी होइन ?’‘चलचित्रलाई नरम्रो भन्न पाइँदैन । विश्वमा कुनै पनि चलचित्र सबैले मन पराएको अवस्था न हुन सक्छ ।’ अगाडी थप्दै दीपकले भने, ‘कसेलाई त्यही चलचित्र राम्रो लाग्छ, कसैलाई लाग्दैन ।’त्यस्तै, कलाकार दीपकले आफूहरुमा पनि कुनै कमिकमजोरी भएको उल्लेख गर्दै कसैका चलचित्रको विषयमा बोल्दा अरुले खेल्ने ठाउँ नराखेर बोल्नु पर्ने धारणा अगाडी सारे दीपकले भने ‘छक्का पञ्जा’मा महिलालाई थप्पड हानेको एउटा मात्र दृश्य छ । यदी यो महिला हिंसामा पर्छ भने, केही चलचित्रमा महिला सुतेको अवस्थामा माथिबाट वियर खन्याएर नाचेको चाहिँ महिला हिंसामा पर्छ कि पर्दैन, त्यो मलाई थाहा छैन ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया