पहिलो चरणमा प्रत्यक्षमा ३२ र समग्रहमा १०५ सिट जित्छौं : पोखरेल

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सहितको संयुक्त वाम गठबन्धनले प्रतिनिधि सभामा १ सय ५ सिट जित्ने दाबी गरेको छ गत मंसिर १० र आगामी २१ गते गरी दुई चरणमा भइरहेको निर्वाचनमा गरी १ सय ५ सिट जित्ने वाम गठबन्धनको दाबी छ प्रेस चौचारी र प्रेस सेन्टरले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै एमाले महासचिव ईश्वर पोख्रेलले वाम गठबन्धनले एक सयदेखि १०५ सिट जित्ने दावी गरेका हुन पहिलो चरणको निर्वाचनमा मतदान भएका ३७ मध्ये ३२ सिटमा वाम गठबन्धन विजयी हुने उनको दाबी छ । उनले भने, ‘प्रत्यक्ष तर्फका १६५ मध्ये एक सयदेखि १०५ सीटसम्म जित्छौ र पहिलो चरणमा चुनाव भएका ३७ मध्ये ३२ सीटमा जित्छौं ।’काठमाडौं जिल्लाका सबै १० वटा निर्वाचन क्षेत्रमा वाम गठबन्धन विजयी बन्ने उनको दाबी छ उनले अन्तरक्रियामा बोल्दै उम्मेदवारलाई लक्षित गरी बम पड्किइरहेका बेला गल्मीमा काँग्रेस कार्यकर्ताको घरमा नै विस्फोटक वस्तुहरु भेटिनु गम्भीर विषय भएको उनको भनाई थियो २०७० को संविधान सभाको निर्वाचनमा काठमाडौं ५ बाट काँग्रेसका नरहरि आचार्यसँग पराजित भएका उनी यस पटक सोही क्षेत्रमा काँग्रेसका प्रकाशरण महतसँग प्रतिस्पर्धामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?