हामीले देश टुक्रयाउन खोजेको होइनः संयोजक ठाकुर

गौशाला, १४ मंसिर – राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले आफूहरुले देश टुक्रयाउन नखोजेको बताएका छन् महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका संयोजक ठाकुरले आज जलेश्वरमा आयोजित चुनावीसभामा भने –“आफूहरु देश टुक्रयाउन नखोजेर काठमाडौँलाई मधेशसँग सिधा जोड्न खोजेको हो ।”काठमाडौँले मधेश र मधेशीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ भने मात्र चाहेको हो, उनले भने –“त्यसका लागि काठमाडौँ र मधेशमा बस्ने सबै नेपालीका बीच प्रगाढ सम्बन्ध स्थापित गर्न राज्यलाई जिम्मेवार बनाउन खोजेको हो । ”संयोजक ठाकुरले मधेश बिना पहाडको र पहाड बिना मधेशको परिकल्पना गर्नु कसैका लागि हितकर नहुने बताउँदै आफूहरु त्यही कुरा काठमाडौँमा बसेर मधेशी जनताको नाउँमा झूठो राजनीति गर्नेहरुलाई बुझाउन खोजेको धारणा व्यक्त गरे नेपाल सबै नेपालीको साझा घर हो र यहाँ बस्ने एक÷एक व्यक्ति बराबरका हिस्सेदार रहेकाले यसलाई टुक्रयाउनुमा कसैको भलो नहुने भएकाले यसलाई अखण्ड राख्नु सबैको साझा दायित्व रहेको उनले बताए संयोजक ठाकुरले नेपालका हिमाल, पहाड र तराई मधेशमा बस्ने सबैले बराबरको हक, अधिकार, मान, सम्मान र पहिचान पाउनुपर्छ भन्दै राज्यले त्यो नदिएसम्म देशमा विभिन्न आन्दोलन चलिरहने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?