बैंक अफ काठमाण्डूले शेयर बिक्री गर्ने

काठमाडौं, १५ मंसिर । बैंक अफ काठमाण्डूले यहि मंसिर २२ देखि २९ गतेसम्म ६१ लाख ५८ हजार कित्ता संस्थापक शेयर लिलाममार्फत बिक्री गर्ने तयारी थालेको छ । बैंकले चुक्ता पुँजी वृद्धि योजना अनुरुप सस्थापक शेयर बिक्री गर्न लागेको हो बैंक अफ काठमाण्डूले शेयर संरचना मिलाउने उद्देश्यले न्युनतम मूल्य एक सय रुपैयाँ तोकेर लिलाम बराबरीबाट बिक्री खुल्ला गरेको हो संस्थापक शेयर लिलाम बिक्रीपछि चुक्ता पूँजी ६ अर्ब २४ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । शेयर बिक्रीपछि संस्थापक शेयर ५१ प्रतिशत र सर्वसाधारण ४९ प्रतिशत पुग्ने भएकोले सस्थापक शेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ । अहिले संस्थापक शेयर हिस्सा ५१ प्रतिशतभन्दा कम रहेको बैंकले बताएको छ बैंकको संस्थापक शेयर खरिदको लागि बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ नक्साल र बैंक अफ काठमाण्डू केन्द्रीय तथा शाखा कार्यालयाहरुमा आवेदन दिन सकिने बैंकले जनाएको छ । बैंकले असोज १८ देखि कात्तिक २१ गतेसम्म १९ लाख २२ हजार कित्ता हकप्रद शेयर बिक्री खुल्ला गरेको थियो बैंकको हकप्रद शेयर आवेदनको लागि न्यूनतम एक सय कित्तादेखि अधिकतम माग गरिए बाराबरको लागि आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एस क्यपिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?