जिम्बाब्वे मन्त्रिपरिषदमा वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी

एजेन्सी । जिम्बाब्वेका नयाँ राष्ट्रिपति एमरसन मनाङगाग्वाले आफ्नो मन्त्रिपरिषदका वरिष्ठ सैनिक अधिकारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन् जिम्बाव्बेमा ३७ वर्ष सत्ता चलाएर बसेका राष्ट्रपति रोबर्ट मुगाबेले राजीनामा दिएपछि एक साता अहि मात्र मनाङगाग्वले शपथग्रहण गरेका थिए त्यस्तै, नयाँ विदेशमन्त्रीमा सैनिक जर्नेल सिबुसिसो मोयोको नियुक्त भएको छ उनले दुई हप्ताअघि सेनाले शक्ति लिएको सरकारी टेलिभिजनमा नाटकीय रुपमा घोषणा गरेका थिए वायु सेनाका प्रमुख पेरेन्स सेरीलाई भूमि तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ त्यस्तै, माटाबिलिलेण्डमा सन् १९८० को दशकमा झण्डै २० हजार गैरसैनिक मारिने गरी भएका नरसंहारको नेतृत्वकर्ता रहेका उनको विवादित छबि रहँदै आएको छ सरकारका एक जना आलोचक टेन्डाइ बिटीले जिम्बाब्वेकमा नयाँ युग शुरु हुनु भन्दा अगाबै समाप्त भएको प्रतिक्रिया दिएका छन् उनले भने, “हामीले परिवर्तन चाहेका थियौँ तर अहिले हेर्दा हामी कति गलत रहेछौँ भन्ने प्रष्ट भएको छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?