सरकारले जनकपुर चुरोट कराखानालाई कैडीको मूल्यमा बेच्न खोजेको थियो : विमलेन्द्र निधी

धनुषा, १५ मंसिर । धनुषा क्षेत्र नं. ३ का उम्मेदवार विमलेन्द्र निधिले दुई नं. प्रदेशको राजधानी जनकपुरलाई बनाउने निश्चित भएको बताएका छन् शुक्रबार जनकपुर महानगरपालिका वडा नं. २३ मा आयोजित गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधीले २ नं. प्रदेशको राजधानी जनकपुरलाई बनाउन सरकारीस्तरमा गृहकार्य सुरु भइसकेको बताएका छन् त्यस्तै, कार्यक्रम सम्बोधनका क्रममा निधीले भने, ‘ जनकपुर ऐतिहासिक नगरीका रुपमा चिनिन्छ र यो २ नं. प्रदेश को बीच भागमा पनि पर्छ त्यसैले जनकपुरलाई २ नं. प्रदेशको राजधानी बनाउन उपयुक्त देखिन्छ । कांग्रेसको पहलमा नै जनकपुरलाई २ नं. प्रदेशको राजधानी बनाउन सम्भव भएको हो ।’उम्मेवार निधीले यो भन्दा पहिला राज्यले जनकपुर चुरोट कारखानालाई कौडीको मूल्यमा बेच्न लाग्दा आफूले बेच्न नदिएको बताए । उनले भने, राज्यले जनकपुर चुरोट कराखानालाई कैडीको मूल्यमा बेच्न खोजेको थियो मैले रोकेर त्यसमा प्रदेश राजधानीको कार्यालय राख्ने कुरा गरेको हुँ ।’केही दिनको अस्पताल उपचारपछि आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचार गर्न जिल्ला आएका हुन् । धनुषा ३ मा निधीको प्रतिस्पर्धीका रुपमा राजपा नेपालका नेता राजेन्द्र महतोलाई लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?