देउवाप्रति ओलीको आक्रोशः शेरबहादुरको भाग्य बलियो भएकोले प्रधानमन्त्री भएका हुन

झापा, १५ मंसिर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भाग्य बलियो भएका कारण प्रधानमन्त्री भएको बताए शुक्रबार झापाको दमकमा आयोजित वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भाग्यले साथ दिएका कारण देउवा प्रधानमन्त्री भएको र अहिले निर्वाचन आचारसंहिता विपरित आफू खुशी निर्णयहरु गरिरहेको बताए यसरी आचारसंहित मिचेर गरेका निर्णयहरु अब बन्ने वामपन्थीको सरकारले यस्ता निर्णयहरु उल्ट्याउने भएकाले त्यसतर्फ पनि ध्यान दिन प्रधानमन्त्री देउवालाई सचेत गराएका छन् । लोकतन्त्रलाई कांग्रेसले मागेर खाने भाडा मात्र बनाएको भन्दै ओलीले कम्यूनिष्टहरुले आन्दोलन गरेर ल्याएको लोकतन्त्र र संविधानको माया कांग्रेसलाई भन्दा बढी लागेको बताए आयोजिक कार्यक्रममा सम्बोधन गर्दै राज्य र प्रधानमन्त्री देउवाप्रति आक्रोशित बनेका अध्यक्ष ओलीले संविधान जारी गर्न नमानेका कांग्रेसलाई एमाले र माओवादी मिलेर संविधानमा हस्ताक्षर गर्न लगाएको बताए । त्यस्तो कांग्रेस र त्यसका नेताहरुले अहिले कम्युष्टिहरुले संविधान नचाहेको भन्दै भ्रम छरिरहेको आरोप समेत लगाएका छन् उनले भने, संविधान बनाउनै नदिने र बनाइ हाले नि जारी गर्न नदिने अवस्थामा हाम्रै प्रयासले जातजाती, भाषाभाषी, वर्ग समुदाय र लिंगको पहिचानसहतिको संविधान जारी भएको बताए । यो संविधान जारी गर्दा कांग्रेस नै बाधक बनेको थिए, हाम्रो प्रयासले हस्ताक्षर गरेका थिए । तर, अहिले निर्वाचनको बेला कांग्रेसले नै कम्युनिष्टहरुले देशमा संविधान नचाहेको हल्ला फैलाइरहेका छन्, र यो भन्दा लज्जाको कुरा अरु के नै हुन्छ ?’व्यवस्थापिका संसदबाट संविधान जारी भएपछि देशमा सामाजिक सदभावसहित एकता र मेलमिलापको बाटोमा फर्किएको भन्दै अध्यक्ष ओलीले सबै जातजाती अहिले एक भएको बताए । ‘विभिन्न जातजाती, भाषाभाषीका नाममा हुँदै आएको झगडा अब वामगठबन्धनको सरकारले अन्त्य गर्ने बताए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?