काठमाडौं, १६ मंसिर— रसियामा सन् २०१८ मा हुने विश्वकप फुटबलको ‘ड्र’ घोषणा गरिएको छ सार्वजनिक ड्र अनुसार समूह ए मा आयोजक रसिया, साउदी अरेबिया, इजिप्ट र उरुग्ये परेका छन् समूह बी बाट भने पोर्चुगल र स्पेन तथा मोरोक्को र इरान परेका छन् समूह सीमा फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्क परेका छन् यसैगरी समूह डी मा अजेन्टिनामा , आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया परेका छन् भने समूह ई मा ब्राजिल, स्वीटजरल्याण्ड, कोष्टारिका र सर्बिया परेका छन् समूह एफ मा जर्मनी, मेक्सिको, स्वीडेन र साउथ कोरिया पर्दा समूह जी मा बेल्जियम, पानामा, ट्युनिसिया र इंग्ल्याण्ड परेका छन् यस्तै समूह एचमा भने पोल्याण्ड, सेनेगल, कोलम्बिा र जापान परेका छन् विश्वकपमा ३२ देशको सहभागिता रहने छ । ब्राजिल विश्वकपमा जर्मनी च्याम्पियन बनेको थियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया