विश्वकप ड्र सार्वजनिक, स्पेन र पोर्चुगल एउटै समूहमा, कुन देश कुनमा ?

काठमाडौं, १६ मंसिर । आगामी वर्ष रुसमा हुने विश्वकपको ड्र सार्वजनिक भएको छ । शुक्रबारराति सार्वजनिक भएको ड्र अनुसार रुस विश्वकपमा स्पेन र पोर्चुगल एउटै समूहमा परेका छन् भने गत संस्करणको उपविजेता अर्जेन्टिना समूह डीमा परेको छ यो विश्वकपमा युरोकप विजेता पोर्चुगल र स्पेनसँगै मोरक्को र इरान एउटै समूहमा परेका छन् । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल र स्पेनको खेल जुन १५ मा हुनेछ यस्तै अर्जेन्टिना रहेको समूह डीमा आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया छन् । अर्जेन्टिनाको पहिलो खेल १६ जुनमा आइसल्याण्डसँग हुनेछ विश्वकप २०१८को उदघाटन खेल भने आयोजक रसिया र साउदी अरेबियाबीच जुन १४ मा मस्कोमा हुनेछ कुन समूहमा कुनकुन देश परे ?समूह एः रसिया, साउदी अरेबिया, उरुग्वे र इजिप्टसमूह बीः पोर्चुगल, स्पेन, मोरक्को र इरानसमूह सीः फ्रान्स, अष्ट्रेलिया, पेरु र डेनमार्कसमूह डीः अर्जन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरियासमूह ईः ब्राजिल, स्वीट्जरल्याण्ड, कोष्टारिका र सर्बियासमूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र दक्षिण कोरियासमूह जीः इंग्ल्याण्ड, बेल्जियम, ट्युनिसिया र पानामासमूह एचः पोल्याण्ड, कोलम्बिया, सेनेगल र जापान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?