तनहुँ, १६ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँका प्रदेश सभा ‘क’ का उम्मेदवार प्रदिप पौडेलको घरमा बम बिस्फोट भएको छ तनहुँको शुक्ला गण्डकी नगरपालिका–८ गणपतेस्थित उनको घरको आँगनमा बिहान पौने ६ बजेतिर बम बिस्फोट गराइएको प्रहरीले जनाएको छ विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । घटनास्थलमा प्लास्टिक, कागज र फलामका टुक्रा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया