बैतडी, १६ मंसिर । प्रहरीले नेपाल– भारत सीमानाका झुलाघाटबाट चालु आव २०७४–७५ को हालसम्ममा २४ जनाको उद्घार गरेको छ सीमा प्रहरी चौकी झुलाघाटका प्रहरी नायब निरीक्षक चक्रदेव पाण्डेयका अनुसार उद्धार गरिनेमा १५ वर्षमुनिका बालबालिका र किशोरकिशोरी छन् गत साउनमा तीन बालबालिका, भदौमा एक किशोर र सात बालबालिका, असोजमा ६ किशोरकिशोरी र दुई बालक, कात्तिकमा एक किशोर र तीन बालबालिका तथा मंसिरमा एक किशोरीको उद्घार गरिएको हो सीमानाका झुलाघाटबाट उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइबुझाइ सम्बन्धित अभिभावकको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । विद्यालय पढ्ने बालबालिका विद्यालय छोडेर जाने तथा कुनैकुनै बालबालिका काम गर्नका लागि साथीको लहैलहमा घरबाट भागेर जाने गरेका छन् “पढ्न मन नलागेर तथा आर्थिक अवस्था कमजोर भएका कारण भारत जाने गरेका छन्,” उनले भने आव २०७३–७४ मा झुलाघाटबाट २० बालबालिका र ३७ किशोरकिशोरीको उद्घार गरिएको थियो । आव २०७२–७३ मा ६४ किशोरकिशोरी र आठ बालबालिकाको उद्घार गरिएको प्रहरीले जनाएको छ । उद्घार गरिएका बालबालिका तथा किशोरकिशोरी प्रदेश नं ७ का पहाडी जिल्लाका साथै हुम्ला र मुगुका समेत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया