बालबाल बचे उपेन्द्र यादव, गाडीनजिकै पड्कियो बम

जनकपुर,१६ मंसिर ।जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित हनुमानगढीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई लक्षित गरेर बम प्रहार भएको छ । यद्यपी यादव सुरक्षित छन् राजपा अध्यक्ष मण्डलका सदस्य तथा धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र महतोको फूलगामास्थित चुनावी सभामा सहभागि भएर फर्किने क्रममा यादवको गाडीलाई लक्षित गरेर शनिबार साँझ बम प्रहार गरिएको हो । सो बम यादवको गाडी भन्दा केहि मिटर पर पडिकएकाले कुनै क्षति हुन नपाएको हो बम कसले प्रहार गरेको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?