वासिंगटन, १७ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफैले बर्खास्त गरेका सुरक्षा सल्लाहकार माइकल फ्लिनले संक्रमणकालीन समूहका एक सदस्यका रुपमा गरेका काम कानुनसम्मत भएको प्रतिक्रिया दिएका छन् फ्लिनले दोष स्विकार गरिसकेको अवस्थामा ट्रम्पले उनको बचाउ गर्दै रुससँग गरेको कुराकानी अवैध नभएको दाबी गरेका हुन् फ्लिनले एउटा सहमति गरेर रुससँगको आरोपित साठगाँठबारे भइरहेको अनुसन्धानमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएका छन् । सो सहमतिका कारण उनले पाउने सम्भावित सजायमा कटौती हुने अनुमान गरिएको छ सजाय कम गर्ने सहमति गरेकाले फ्लिनसँग महत्त्वपूर्ण प्रमाण छन् भन्ने अनुमान गर्न थालिएको छ । राष्ट्रपतिले ट्वीटरमार्फत भने, फ्लिनसँग लुकाउनका लागि केही छैन ।’सन २०१६ को चुनावी अभियानका क्रममा ट्रम्प र रुससँग भएको भनिएको साठगाँठबारे अनुसन्धान गरिरहेको रोबर्ट मुलरको विशेष समितिलाई फ्लिनले सहयोग गरिरहेका छन् शनिबार फ्लिनको स्वीकारोक्तिपछि एकजना एफबीआइ वरिष्ठ एजेन्टलाई ट्रम्पविरोधी टेक्स्ट सन्देशहरु पठाएको खुल्न आएपछि मुलरको समूहबाट बर्खास्त गरिएको खुल्न आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया