साउदी नेतृत्वको गठबन्धनद्वारा सालेहको वार्ता प्रस्तावको स्वागत

साना, १७ मंसिर । यमनका पूर्वराष्ट्रपति अली अब्दुल्लाह सालेहले गरेको वार्ताको प्रस्तावको साउदी अरब नेतृत्वको गठबन्धनले स्वागत गरेको छ यमनमा सालेहको फौजले लामो समयदेखि साउदी नेतृत्वको गठबन्धन सेनासँग लड्दै आएको छ गठबन्धनको वक्तव्यमा भनिएको छ, ‘नेतृत्व लिने र आफ्ना जनताको पक्षमा उभिने निर्णयले यमनलाई इरानप्रति बफादार लडाकुहरुबाट मुक्त गराउनेछ ।’गठबन्धनले नाकाबन्दी हटाएमा र आक्रमणहरु रोकेमा ‘पानाहरु पल्टाउन’ आफू तयार रहेको सालेहले बताएका छन् । यद्यपि यसै साता सालेहका साझेदार हुथी विद्रोहीले उनीमाथि ‘कू’ गरेको आरोप लगाएको थियो राजधानी सानामा सालेहको फौज र हुथी लडाकुहरुले लडाइँ जारी राखेका छन् । यमनमा पछिल्ला केही दिनमा भएका भिडन्तका क्रममा थुप्रैको ज्यान गएको छ हुथी विद्रोहीलाई इरानको समर्थन गरेको छ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति अब्दराबुह मंसुर हादीको सरकारविरुद्ध उक्त समूह सालेहको साझेदार रहिआएको छ टेलिभिजनमा प्रसारण गरिएको एउटा भाषणमा सालेहले भनेका छन, ‘छिमेकी राज्यमा रहेका दाजुभाइलाई म घेराबन्दी हटाउन, विमानस्थलहरु खुलाउन र खाद्य सहायता पुग्न दिन तथा घाइतेहरुलाई बचाउन दिन आग्रह गर्दछु, छिमेकीहरुको सहयोगमा हामीले नयाँ पाना पल्टाउनेछौं ।’राष्ट्रपति हादीले पनि वक्तव्यको स्वागत गर्दै हुथीविरुद्ध सालेहसँग सहकार्य गर्न तयार रहेको बताएका छन् संयुक्त राष्ट्रसंघका अनुसार साउदी नेतृत्वको गठबन्धनले यमनको द्वन्द्वमा हस्तक्षेप गरेयता ८ हजार ६ सय ७० जनाको मृत्यु भइसकेको छ भने ४९ हजार ९ सय ६० जना घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?