काठमाडौं, १७ मंसिर – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही समययता देशका विभिन्न भागमा भएका बम विस्फोटका घटनाको निन्दा र भत्र्सना गर्दै शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउन सरकारसँग माग गरेका छन् । केसीले आइतबार एक विज्ञप्ति जारी गर्दै बम पड्किरहेको, हत्या हिंसाका घटना भइरहेको र निर्वाचन आचार संहिताको उल्लंघन भइरहेको भन्दै सरकारसँग यस्तो माग गरेका हुन् केसीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मुखमा यस्ता प्रकारका घटनाहरु दिनप्रति दिन बढ्दै जानुलाई गम्भीर रुपमा लिनुपर्ने भन्दै घटना गराउनेहरु संविधान, गणतन्त्र र राष्ट्रियता विरोधी तत्वहरु भएको पनि बताएका छन् केसीले सरकार यी घटनाहरुप्रति मुकदर्शक बनेको र प्रधानमन्त्री कै नेतृत्वमा रहेको गृहमन्त्रालय यस्ता घटना नियन्त्रण गर्न तत्पर नरहेको भन्दै घटनाहरुको छानवीन, दोषीलाई कारबाही र घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ –निर्वाचनमा सरकारले निर्वाचन आचार संहिताको हदैसम्म उल्लंघन गरेको छ । तर निर्वाचन आयोगले सामान्य विज्ञप्ति निकालेर विरोध जनाउनु बाहेक केही गर्न सकेको छैन । हाम्रो पार्टीले सरकार र निर्वाचन आयोगका यसप्रकारका गलत र नियम कानुनको उल्लंघन गर्ने कार्यको विरोध गर्दछ र नियम, कानुन एवं आचार संहिताको अधिनमा रही काम गर्न चेतावनी दिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया