चितवन १७ मंसिर । चितवनको माडीस्थित बादरमुढे पीडितहरुसंँग नेकपा माओवादी केन्द्रले सम्झौता गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पीडितहरुसँग चितवनको माडीमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् आज माडीमा आयोजित सभामा जाने क्रममा माडी नगरपालिकाको रोहवरमा नगरपालिकामै माओवादी अध्यक्ष प्रचण्डले पीडित २९ जनाका बिचमा ३ बुँदे सम्झौता भएको हो सम्झौतामा मृतकका आश्रित परिवारलाई अवस्था हेरी कामगर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृति, बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने पहिलो बुँदामा उल्लेख गरिएको छ । त्यस्तै, घाइतेको औषधी उपचारको व्यवस्था गर्ने र कामगर्न सक्नेलाई रोजगारी र नसक्नेलाई जीवनवृतिको व्यवस्था गर्ने सम्झौता भएको छ त्यसैगरी, तेस्रो बुँदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा कम्तीमा पनि १० विगाहा क्षेत्रमा पार्क बनाउने र त्यसलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने आज गरिएको सम्झौतामा उल्लेख गरिएको छ सम्झौतापत्रमा माओवादी केन्द्रका तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड र पिडीतहरुको तर्फवाट विकास लामिछाने, कृष्ण तिवारी, कृष्ण आचार्य, हरी न्यूरे (सुदिप), मंगली पुनले सम्झौता गरेका छन् सम्झौतापछि पीडितहरुलाई माओवादी अध्यक्ष प्रचण्डले सम्झौता पूर्णरुपमा पालना हुनेमा विश्वास दिलाएका थिए । पिडीत हरी न्यूरे(सुदिप) र विकास लामिछानेले जसले घटना गराएको हो उसैबाट मात्रै मल्हम खोज्दै आफुहरुले सम्झौता गरेको र पालना हुनेमा पूर्ण विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् अतिरन्जीत गर्ने तत्वहरुको एकजुट भए सामना गर्ने उद्घोषसम्झौता गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पीडितहरुसँग भएको सम्झौताको पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले केहि तत्व अझै पनि खुल्न सक्ने भन्दै अब पीडित र आफुहरु मिलेर सहकार्य गर्ने बताए । घटनालाई अतिरन्जीत गर्ने तत्वहरुको एकजुट भए सामना गर्ने उद्घोष पनि गरेका थिए अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीडि़तहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीडि़तहरूमाथि केही पीडि़तहरूले पनि अरु पीडि़तहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेष र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र सम्भव हुने निष्कर्षमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने यसअघि पनि प्रचण्डले माडीमा ६० लाखको राहत प्याकेज घोषणा गरेका थिए तर कार्यान्वयनमा आउन सकेको थिएन् । दुई साता अघि मात्रै प्रचण्डले बादरमुढे स्मारकमा आफै एकाबिहानै पुगेर माल्यार्पण गरेका थिए । यो जनयुद्धको सबैभन्दा ठूलो भुल भएको स्वीकार समेत गर्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया