ओनसरी घर्तीको प्रशंसा गर्दे आरजु राणाले भनिन्, “मलाई चान्स दिनुस्”

काठमाण्डौ,  १७ मंसिर । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी कांग्रेस नेतृ डा. आरजु देउवाले कलाली क्षेत्र नम्बर ५ मा धेरै चुनौति देखिएकाले आफूले उक्त क्षेत्र रोजेको बताएकी छिन् गत संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाचुनाव लडेको प्रदेश नम्बर ७को महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र कैलाली ५ मा यस पटकको चुनावमा कस्ले बाजीमार्ला भनेर यहाँ चियापसल देखि सर्वत्र चर्चा, परिचर्चा सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीआरजु देउवा राणा यस क्षेत्रवाट चुनाव लड्ने भएपछि थप चर्चा पाएको छ यसै सन्दर्भमा रिपोर्टस क्लब नेपालले कैलाली क्षेत्र नम्बर ५ पुगेर उम्मेदवार आरजु सँग विशेष अन्तरक्रिया गरेको थियो अन्तरक्रिया कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै आरजुले विकासको प्रचुर सम्भावना भएर पनि विकास हुननसकेको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा धेरै विकास गर्नुपर्ने बताइन् । कैलालीको गौरी भन्सार नाकालाई व्यवस्थित गर्दै ठूलो नाकाको रुपमा विकास गर्न सके देशकै महत्वपूर्ण नाकाको रुपमा स्थापित हुने बताइन् सात नम्बर प्रदेशको सबै भन्दा धेरै राजश्व उठ्ने क्षेत्र कैलाली ५ भएकाले यसतर्फ आफ्नो ध्यान केन्द्रित भएको आरजुको तर्क छ । कैलाली जिल्ला आफ्नो कर्मथलो भएकाले यसको आफूलाई धेरै माया लाग्ने आरजुको भनाई छ “२४ वर्ष अगाडि म विवाह गरेर यस क्षेत्रमाआएँ । जहाँ विवाह गरियो त्यही ठाउँ नै नेपाली चेलीको घर हो । यस क्षेत्रको संस्कृतिसँग म घुलमिल भएको छु ।” उनले भनिन् त्यस क्षेत्रका नागरिकले पनिआफूलाई माया गरेको उनको दाबी छ । विगतमा समानुपातिक तर्फबाट सभासद बन्नुमा पनि त्यस क्षेत्रका मतदाताको महत्वपूर्ण योगदान रहेको आरजुको भनाई छ विगतमा कांग्रेस बाहेक अरु कसैले पनि त्यस क्षेत्रका लागि उल्लेखनीय काम नगरेको आरोप आरजुले लगाइन् । कांग्रेसले त्यस क्षेत्रमा एउटा पोलिटेक्निकल कलेज खोल्न खोज्दा कम्युनिष्ट सरकारले कलेज खोल्ने योजना नै खोसेको बताउँदै आरजुले कम्युनिष्टहरुले सत्ता चलाउने मौकापाउँदा एउटा ईट्टा थप्ने कामसमेत नगरेको आरोप लगाइन् आफ्नाप्रतिस्पर्धी नारदमुनी रानाले विगतमा जनप्रतिनिधी बनेर पनि त्यस क्षेत्रका लागि केही काम नगरेको उनको भनाई छ । माधवकुमार नेपाल, झलनाथखनाल र केपीशर्मा ओली प्रधानमन्त्री हुँदा समेत यस क्षेत्रको विकासमा नारदमुनीले भूमिका खेल्न नसकेको आरजुको आरोप छ अहिले बोल्ने नेतानभै काम गरेर देखाउने नेताजनताले चाहेको बताउँदै आरजुले आफूले हरेक समयमा जनताको सेवा गरको बताईन् सम्भावना धेरै भएकाले काम गर्ने हो भने प्रदेश नम्बर ७ सबै भन्दा धनी प्रदेश बन्न सक्ने उनको भनाई छ । “यहाँ भन्दा धेरै सम्भावना कहीँ पनि छैन । पञ्चेश्वर बहुउद्देश्यीयआयोजना लगायतका थुप्रै आयोजना यस प्रदेशमा छन् । जलविद्युत् र सिँचाईको प्रचुर सम्भावना छ ।” आरजुले भनिन् नेपालका महिलाले मौका पायो भने जस्तो सुकै काम पनि गर्न सक्ने आरजुको दाबी छ । पूर्व सभामुख ओनसरी घर्तीको उदाहरण दिदै उनले घर्ती प्रति आफूलाई गर्व लाग्ने बनाइन् “ओनसरी घर्तीलाई म धेरै आदर गर्छु । उहाँ रोल्पामा जन्मेर हाइस्कुलमात्रै पढ्नुभएको महिला । उहाँले सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गर्नुभयो ।” आरजुले भनिन् आफूलाई जनताले मौकादिएको खण्डमा पुरुषले भन्दा बढि काम गरेर देखाउने दाबी समेत गरिन् “म महिला हो । मलाई चान्स दिनुस् । पुरुषले भन्दा राम्रो काम गरेर देखाउँछु ।”नेपालका महिलाहरु नेतृत्वमा पुग्न सक्षम रहेको उनको भनाई थियो । “चान्स मात्रै दिनुपर्छ । हाम्रा महिला जति सक्षम अरु छैनन् ।” उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?