डडेल्धुरा, १८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको निर्वाचनमा वाम गठबन्धनलाई जिताए लोकतन्त्र खतरामा पर्ने दाबी गरेका छन् डडेलधुराको जोगबुढामा अयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले लोकतन्त्रको रक्षाका लागि वाम गठबन्धनलाई परास्त गर्न जरुरी रहेको बताएका छन् ‘नेपाली जनताले पटकपटक प्रजातन्त्रका लागि लडेका छन्,’ देउवाले भने, ‘त्यसैले अहिले सचेत भइ जनताले वाम गठबन्धनलाई परास्त गर्नु जरुरी छ ।’एमाले–माओवादी मिलेर बनेको वाम गठबन्धनले मुलुकमा प्रत्यक्ष राष्ट्रपति प्रणाली ल्याउन खोज्नु मुलुकको प्रजातन्त्रलाई खतरामा पार्न खोजेको उदाहरण भएको उनको टिप्पणी थियो ‘प्रत्यक्ष राष्ट्रपति प्रणाली हाम्रो जस्तो मुलुकमा तानाशाही निर्दलीय पद्धती ल्याउन सक्ने खतरा हुन्छ,’ उनले भने, ‘त्यसैले प्रत्यक्ष राष्ट्रपति पद्धती ल्याउने कुरा जायज छैन ।’उनले आफ्नो चुनावी क्षेत्र तथा गृहजिल्ला डडेल्धुराको विकास आफूले के कति गर्न सके त्यो जनता सामु छर्लंग रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया