काठमाडौं, १८ मंसिर । दोस्रो चरणमा मंसिर २१ गते हुने संविधान सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरु अन्तिम प्रचार अभियानमा जुटेका छन् निर्वाचन प्रचारका क्रममा दलहरुले आज अन्तिम जनसभाहरु गर्ने तयारी गरेका छन् । आजको मध्यरातको १२ बजेसम्म दलहरुले निर्वाचन प्रचार गरी मत माग्न पाउनेछन् मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा निर्वाचन प्रचार गर्न बन्देज हुनेछ निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । आयोगले मौन अवधिमा निर्वाचन प्रचारका कुनै पनि काम नगर्न सबैलाई सचेत पनि गराएको छ निर्वाचन हुने मध्यपहाडी र तराईका सबै जिल्लामा सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् सरकारले निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा कडा कारवाही गर्न सुरक्षाकर्मीलाई अख्तियारी दिएको छ । गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया