फिल्मको सुटिङका लागि अर्जुन र परिणिती मंगलबार बैतडी आउँदै

एजेन्सी । दिवाकर बनर्जीले निर्देशन गर्ने फिल्म ‘सन्दिप और पिंकी फरार’ नेपाल र भारतको सीमा क्षेत्रमा सुटिङ हुने भएको छ अर्जुन कपुर र परिणिति चोपडा अभिनित फिल्मको पहिलो सेड्युलको छायांकन नयाँदिल्लीमा सम्पन्न भएको छ । फिल्मको दोस्रो सेड्युल नेपालसँग सीमाना जोडिएको उत्तराखण्डको पहाडमा रहेको सानो शहर पिथौरागढ र नेपालको बैतडी जिल्लास्थित झुलालघाट पुलमा खिचिने भएको छ भारतीय सञ्चालमाध्यकले बताए अनुसार, फिल्म निर्माताले सुन्दरता, ग्रामीण परिवेश र पहुँचयोग्य स्थान भएकाले नेपाल र भारतको सीमाना छनौट गरेको जनाएको छ उक्त फिल्म बन्ने भएपछि यशराज फिल्मस्ले गत अक्टोबरमा नेपालस्थित सरकारी निकायलाई यो स्थानमा फिल्म छायांकनका लागि अनुमति माग्न पत्र पठाएको थियो नेपाल सरकारले पनि फिल्म युनिटलाई रोमान्टिक प्रेमकथाको फिल्म छायांकन गर्न केही सर्त राखेर अनुमति दिएको थियो । तर, ती सर्त के–के हुन भन्ने केही खुलाइएको छैन फिल्ममा नेपाल र भारतको सीमानामा अति आवश्यक दृश्य खिच्नेछन् । निर्देशक दिवाकर यहाँ फिल्म खिच्ने उत्साहित देखिएका छन् । नेपालको ग्रामीण क्षेत्रमा फिल्मका लागि अत्यन्तै महत्वपूर्ण केही दृश्यहरु खिचिनेछ पिथौरागढ र झुलालघाटमा डिसेम्बर ५ देखि डिसेम्बर ३० सम्म फिल्म खिचिनेछ । उक्त फिल्ममा नायिका परिणिति बैंक र फाइनान्समा काम गर्ने एक युवतीको भूमिकामा छिन् भने अर्जुन चाहिँ हरियाणाको एक पुलिसको भूमिकामा देखिँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?