ट्रम्पद्वारा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको एफबीआईको आलोचना

वासिंटन, १८ मंसिर । गत वर्ष भएको राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको बारे अनुसन्धान गरिरहेको संघीय जाँच ब्युरो (एफबीआई) को आलोचना गरेका छन् अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेपबारेमा स्पेशल काउन्सिलर रोबर्ट मूलरले अनुसन्धान गरिरहेका बेला ट्रम्पले एफबीआईको आलोचना गरेका हुन् । एफबीआईका पूर्व निर्देशक जेम्स कोमीसँग आफ्ना शीर्ष सहयोगी माइकल फ्लिनमाथिको अनुसन्धान रोक्न कुनै आदेश नदिएको पनि उनले जिकिर गरेका छन् एक दिनअघि मात्रै उनले फ्लिनले गरेको काम कानुनसम्मत भएको दाबी गरेका थिए । चुनाव जित्नका लागि आफ्नो प्रचार टिमले रुससँग साँठगाँठ गरेको आरोपको ट्रम्पले खण्डन गर्दैै आएका छन् एफबीआईका पूर्व निर्देशक मूलरको नेतृत्वमा भइरहेको अनुसन्धानमा एफबीआईका एक अधिकारीले ट्रम्पविरोधी पत्र पठाएकामा मूलरले उनलाई हटाइदिएका थिए आफ्नो सजाय कम गर्नका लागि मूलरको अनुसन्धानमा सघाउने भन्दै फ्लिनले अघिल्ला बयानमा आफूले झूठो बोलेको वक्तव्य दिएपछि ट्रम्प एफबीआईप्रति आक्रोशित बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?