काठमाडौं, १८ मंसिर । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई लक्षित गरी अज्ञात समूहले बम विस्फोट गराउँदा थापासहित १० जना घाइते भएका छन् । काठमाडौं क्षेत्र नम्बर–४ का उम्मेदवार थापालाई लक्षित गरी नारायणस्थानस्थित चपली हाइटमा निर्वाचन प्रचारका क्रममा बम प्रहार भएको हो । बम बिस्फोटबाट घाइते भएका थापासहित १० जनालाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । ढाडमा सामान्य चोट लागेका थापाको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते भएकाहरुको नाम भने खुलिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया