आर्थिक संकटसँग जुध्नका लागि भेनेजुएलाले कृत्रिम मुद्रा ल्याउने

काराकास, १८ मंसिर । भेनेजुएलाले देशको पछिल्लो समयको आर्थिक संकटसँग जुध्नका लागि नयाँ कृत्रिम मुद्रा (भर्चुअल करेन्सी) ल्याउने भएको छ राष्ट्रपति निकोलस मादुरोले भर्चुअल मनी ल्याउने घोषणा गरेका हुन् । भेनेजुएलाको तेल, ग्याँस, सुन र हीरा उद्योगमा पेट्रो नाम दिइएको कृत्रिम मुद्राको प्रयोग गरिनेछ सरकारको यो निर्णयको विपक्षी सांसदहरुले भने विरोध गरेका छन् । तेलबाट उठ्ने राजश्वमा र विद्यमान मुद्राको भाउमा आइरहेको कमीका कारण भेनेजुएलाको अर्थतन्त्रमा नराम्रो प्रभाव परिरहेको छ भेनेजुएलाका राष्ट्रपति मादुरो अमेरिकाले लगाएको पछिल्लो नाकाबन्दीको विरुद्धमा छन् । टेलिभिजन सम्बोधनका क्रममा उनले नयाँ कृत्रिम मुद्राले देशको मौद्रिक सार्वभौमसत्ता, वित्तीय कारोबार र आर्थिक नाकाबन्दीको समस्या लगायतका विषयमा अगाडि बढाउने घोषणा गरेका हुन् कृत्रिम मुद्रा बिटक्वाइनमा विश्वव्यापी बढ्दो रुचिका माझ भेनेजुएलाले पछिल्लो कदम चालेको हो । भेनेजुएलामाथि अनुमानित १४० अर्ब विदेशी ऋण छ विपक्षी सांसदहरुले प्रस्तावित मुद्राका लागि कंग्रेसको समर्थन चाहिनेमा जोड दिएका छन् र कतिपयले योजना कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?