गगन थापामाथिको आक्रमणको वाम गठबन्धनद्वारा निन्दा

काठमाडौँ, १८ मंसिर -वाम गठबन्धनले नेपाली काँग्रेसका नेता एवं काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ४ उम्मेदवार गगन थापामाथि आज भएको आक्रमणको भत्र्सना गरेको छ गठबन्धनका तर्फबाट काठमाडौँ क्षेत्र नं ४ चुनाव प्रचारप्रसार समितिका संयोजक धर्मदत्त देवकोटा र सहसंयोजक सुन्दर पुर्कुटीले आज संयुक्त विज्ञप्ति जारी शान्तिपूर्ण मत माग्न गएका उम्मेदवारमाथि आक्रमण गरिनु कायरताको उपज भएको बताउनुभएको हो । सोही क्षेत्रका थापामा प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेदवार डा राजन भट्टराईले पनि आक्रमणको निन्दा गर्नुभएके छ । डा भट्टराई थापालाई भेट्न अस्पताल पुग्नुभएको थियो गठबन्धनले थापा र अन्य घाइते नेता कार्यकर्ताको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । गठबन्धनले भनेको छ “आज बूढानीलकण्ठ– २ माथिल्लो भंगाल चपलीमा घरदैलो कार्यक्रम गरिरहेका नेता थापा र केही कार्यकर्ता आक्रमणमा परी घाइते भएकामा हामी दुःखी भएका छाँै, हामी यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछौँ साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ” ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?