साउदी गठबन्धनसँग वार्ताको प्रस्ताव राख्ने यमनी पूर्वराष्ट्रपति सालेहको हत्या

साना, १९ मंसिर । यमनका भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहको हत्या भएको छ । उनी पूर्व साझेदार हुथी विद्रोहीसँगको लडाईका क्रममा मारिएको जनाइएको छ हुथी विद्रोहीहरुले नियन्त्रण गरेको एक संचारमाध्यमले अधिकारीहरुलाई उद्धृत गर्दै देशद्रोही लडाकूले निम्ताएको संकटको अन्त्य भएको र त्यसका नेता मारिएको घोषणा गरेको छ साउदी स्वामित्वको टेलिभिजन संस्था अल–अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेस पार्टीसँग सम्बन्धित स्रोतहरुलाई उदृत गर्दै सालेह मारिएको पुष्टि गरेको छ गत सातासम्म पनि सालेहका समर्थकहरु हुथी विद्रोहीहरुसँगै यमनका वर्तमान राष्ट्रपति अब्दुल्ला मनशुर हादीविरुद्ध लडिरहेका थिए तर लामो समयदेखि जारी राजनीतिक तनाव र विद्रोही नियन्त्रित राजधानी सानामा रहेको एक मुख्य मस्जिदमाथिको नियन्त्रणलाई लिएर उत्पन्न विवादका कारण भीषण झडपहरु निम्तिएका थिए बुधबार रातीदेखि सो झडपमा परी कम्तीमा १२५ जनाको मृत्यु भएको छ भने अन्य २ सय ३८ जना घाइते भएका थिए त्यसपछि शनिबार सालेहले हादीको समर्थन गर्दै आएको साउदी नेतृत्व गठबन्धनसँग यमनमाथि हमला र दैनिकी जटिल बनाएको नाकाबन्दी अन्त्य गरेमा आफूहरु गठबन्धनसँग नयाँ अध्याय शुरु गर्न तयार रहेको घोषणा गरेका थिए साउदी–नेतृत्वको गठबन्धन र हादीको सरकारले उनका ती प्रतिक्रियाको स्वागत गरेका थिए भने हुथी विद्रोही आक्रोशित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?