काठमाडौँ, ४ पुस- महानगरीय प्रहरी प्रभाग, गोंगबु काठमाडौंका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवारमाथि अख्तियारले विशेष अदालतमा उद्दा दायर गरेको छ आफ्नो कार्यक्षेत्र अन्तर्गत गेष्टहाउस सञ्चालन गर्ने क्रममा सेवाग्राहीलाई विभिन्न डर त्रास देखाई घुस लिएको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको थियो उनले लिएको ५० हजार घुसबारे अनुसन्धान हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको अख्तियारको दाबी छ बिगाे ५०,००० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गर्दै अदालतमा मुद्दा दायर गरिएको हो उक्त घुस लेनदेन प्रक्रियामा घुसको रकम माग्ने उठाउने कार्यमा प्रहरी जवान वीरेन्द्रबहादुर बम मतियारको रुपमा कसूरदार रहेको पुष्टी हुन आएको भन्दै उनी उपरपनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया