प्यारालाइसिस कस्तो रोग हो ? यसको लक्षण र उपचार

प्यारालाइसिसलाई नेपालीमा पक्षाघात भनिन्छ । मस्तिष्कमा रक्तसञ्चार हुने धमनीहरु हुन्छन् । रक्तसञ्चारमा अवरोध आएमा यो स्थानमा मस्तिष्कले काम गर्न सक्दैन । रक्तसञ्चारमा अवरोध आएपछि हुने कमजोरीलाई प्यारालाइसिस वा पक्षाघात भनिन्छ पक्षाघात हुने धेरै कारण भए पनि यसलाई मुख्यतय २ किसिमले हेर्न सकिन्छ । एउटा रक्तसञ्चार नपुगेर हुने प्यारालाइसिस, जसलाई इन्फाक्र्सन भनिन्छ भने दोस्रोमा रक्तसञ्चार हुने धमनीमा कमजोरी आएर रक्तश्राव हुने प्यारालाइसिस, जसलाई ब्रेन हेमरेज भनिन्छ । प्यारालाइसिस आजको भोलि नै हुने रोग भने होइन मुख्यतया प्यारालाइसिसका २ किसिमका कारक तत्व हुन्छन् । एउटा जोखिमको कारण जसलाई नियन्त्रण गर्न सकिन्छ भने अर्को अपरिवर्तनीय जसलाई हामी केही पनि गर्न सक्दैनौं । जस्तै उमेर बढेको कारणले हुने प्यारालाइसिसलाई हामी रोक्न सक्दैनौ । तर प्यारालाइसिस हुने जोखिमको कारणलाई भने कम गर्न वा रोक्न सकिन्छ । जस्तै उच्च रक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराव बोसो बढ्ने कारणले हुने प्यारालाइसिसलाई रोक्न सकिन्छ । यी ५ रोगका कारण प्यारालाइसिस हुन सक्छ । उच्च रक्तचापका कारण इन्फाक्र्सन र व्रेन हेमरेज दुवै किसिमका प्यारालाइसिस हुनसक्छ त्यसैले उच्चरक्तचाप दुवै प्रकारका प्यारालाइसिसका लागि घातक हुन्छ । कहिलेकाही मुटुरोगका कारण नाडी अनियमित हुनाले पनि मुटुबाट केही फोहरको टुक्रा ब्रेनमा गएर अड्किन सक्छ, यस्तोलाई इन्वोलीक स्ट्रोक भनिन्छ । यी प्यारालाइसिस हुने प्रमुख कारण हुन् । यसबाहेक रगत पातलो गर्ने औषधिका कारण रक्तश्राव हुन सक्छ । कसै–कसैको ब्रेनभित्रका धमनी बटारिएर पनि प्यारालाइसिस हुनसक्छ लक्षणअचानक मस्तिष्कको जुन भागमा अप्ठेरो परेको हो त्यस भागले नियन्त्रण गर्ने अंगमा कमजोरी देखिन्छ । प्रायः प्यारालाइसिसमा हातखुट्टा र मुख बाङ्गो हुन्छ । आँखालाई नियन्त्रण गर्ने भागमा भयो भने आँखाका लक्षण देख्न सकिन्छ । तर कहिलेकाही पक्षाघातको खतरनाक पूर्व संकेत पनि पाइन्छ । जसलाई ‘ट्रान्जिएन्ट एण्ड स्क्रिमिक अट्याक’ भनिन्छ । यसमा कसैकसैलाई २४ घण्टाभन्दा कम समयका लागि नियन्त्रित भाग कमजोर भएको लक्षण देखिन्छ, तर यो पछि आफै ठिक भएर जान्छ । यसलाई बिरामीले राम्रोसँग बुझेर चिकित्सकको सल्लाह लिन सकेमा पहिलो चरणमै प्यारालाइसिस पत्ता लगाउन सकिन्छ । यसका लागि औषधि सेवन गरेर भविष्यमा आउने प्यारालाइसिस ९स्ट्रोक० लाई पनि बचाउन सकिन्छ उपचारस्ट्रोकको प्रकार हेरेर यसको उपचार प्रक्रिया शुरु गरिन्छ । पहिले स्ट्रोक भएपछि यसको उपचार हुदैन भनिन्थ्यो । त्यो केही हदसम्म ठिक पनि हो । तर अहिले इन्फाक्सन प्यारालाइसिसका लागि तुरुन्त आरटीपीए नामक इन्जेक्सन दिन पनि सकिन्छ । यो सुविधा हालसम्म नेपालमा उपलब्ध हुन सकेको छैन । स्ट्रोक भएको ३ देखि ६ घण्टाभित्र अस्पताल पुगेमा इन्जेक्सन दिएर प्यारालाइसिस हुने नकारात्मक असरबाट धेरै हदसम्म बचाउन सकिन्छ । तर यो प्रक्रिया ब्रेनमा रक्तश्राव भएमा भने लागु हुँदैन नेपालमा नशारोगमा सुपरस्पेसलिष्ट (डिएम) को पढाइ पनि हुन थालेको छ । त्यसकारण आधुनिक उपचार पद्दति नेपालमा भित्र्याउनुपर्छ । इन्फाक्सन नदोहोरियोस् भन्नका लागि औषधि सेवन गर्नुपर्छ । जसको मुटुको गति अनियमित छ तिनीहरुलाई इन्भोलीक स्ट्रोक नहोस् भन्नका लागि रगत पातलो गर्ने कडा खालको औषधि दिइन्छ प्यारालाइसिबाट बच्न पहिला उच्चरक्तचाप कम गर्नुपर्छ । तर प्रायः हेमरेज स्ट्रोकको उपचार पुनस्र्थापना नै हो । यसअन्तरगत फिजियोथेरापी, स्पीचथेरापी, जुन स्थानमा प्यारालाइसिस भएको हो त्यस स्थानमा एक्सरसाइज गर्ने, नियमित औषधि सेवन गर्ने र सबभन्दा मुख्यकुरा उच्चरक्तचाप, मधुमेह, मोटोपन, धु्रमपान र खराब बोसोलाई नियन्त्रण गर्ने आदि बिधि पर्छन् कसैकसैलाई सुतेको अवस्थामा बिहान उठ्दा प्यारालाइसिस भएको हुन्छ । यो कुनै नौलो होइन । राति सुतेको समयमा रक्तश्रावमा अवरोध हुन्छ तर व्यक्ति सुतिरहेको हुन्छ । उसलाई रक्तश्रावका बारेमा थाहा हुँदैन र प्यारालाइसिस भइसकेको हुन्छ । यदि दिउँसोमा ब्रेनमा रक्तश्राव भएको छ भने बिरामीलाई थाहा हुन सक्छ । अर्को कुरा प्यारालाइसिस जुनसुकै समयमा पनि हुन सक्छ । सुतेको समयमा रक्तचाप पनि बढी हुने हँुदा उच्च रक्तचापका बिरामीलाई सुतेको समयमा ब्रेन हेमरेज हुने सम्भावना बढी हुन्छ कतिपय बिरामीको मृत्यु प्यारालाइसिसबाटै हुने सम्भावना पनि हुन्छ । तर कुन स्थानमा प्यारालाइसिस भएको हो, त्यसमा भर पर्छ । जस्तै हाम्रो ब्रेन स्टेममा प्यारालाइसिस भएमा मृत्यू हुने सम्भावना बढी हुन्छ । इन्फाक्सन भन्दा ब्रेन हेमरेज बढी खतरनाक हुन्छ रोकथाम२० वर्ष उमेर पुगेपछि स्वस्थ व्यक्तिले पनि नियमित स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ । उच्चरक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराब बोसो छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ । शरिरलाई सधै स्वस्थ राख्ने, सकारात्मक सोच राख्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ । खानपिनमा विशेष ध्यान दिनुका साथै जीवनशैली परिवर्तन गरेमा प्यारालाइसिसबाट बच्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?