रसुवा र नुवाकोटका बाढी पीडितको लागि समेत सहयोग गर्नेकाठमाडौं, भदौ २५ । तराईको बाढीपीडितको लागि नेपाली काँग्रेस नुवाकोटले संकलन गरेको ४ लाख ४४ हजार ४ सय ४४ पैसा आज प्रधानमन्त्री राहतकोषमा जम्मा गरेको छ । नेपाली काँग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसी, नेपाली काँग्रेसका कोषाध्यक्ष महेन्द्र थिङ, नेपाली काँग्रेस नुवाकोटका पुर्व सचिब एवं यूवा नेता रमेश कुमार महत, नेपाली काँग्रेस नुवाकोटका सचिव शिव दाहाल, विद्याथी नेता पवन थापा, सहितको नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चेक हस्तान्तरण गरेका हुन ।चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री देउवाले सहयोग संकलन गरेकोमा नेपाली काँग्रेस नुवाकोटलाई धन्यवात दिंदै देश बिदेशबाट बाढीपिडीतको लागि संकलन भएको रकम सरकारले चाँडै बितरण गरिने बताए ।नेपाली काँग्रेसले तराईको बाढी पिडीतको साथै रसुवाको पहिरो पिडीतहरुको लागि रु ५० हजार र पहिरोबाट घरबार बिहिन बनेका नुवाकोटको सुनखानीका दुई घर र लच्याङको एक घरलाई प्रति परिवार १०÷१० हजारको दरले सहयोग गर्ने नेपाली काँग्रेस नुवाकोटका सभापति एवं सभासद जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।Sagarmathapost.com बाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया