भारतबाट आयात हुने तयारी कार्टुन र कच्चा पदार्थका कारण स्वादेशी उत्पादन धरापमा

दिनेश खड्काविराटनगर, १० पुस । भारतबाट आयात हुने तयारी कार्टुन र कर्टुन उत्पादनका लागि चाहिने कच्चा पदार्थ दुवैको भन्सार महसुल एउटै भएकाले स्वादेशी उत्पादन धारसयी हुँदै गरेको कार्टुन उत्पादकहरुले गुनासो गरेका छन् तयारी कार्टुन र कच्चा पादार्थ दुवैको भन्सार महसुल १५ प्रतिशत भएकाले भारतबाट आयात हुने कार्टुनसँग स्वदेशी कार्टुनलाई प्रतिस्पर्धा गर्न कठिन्याई भइरहेको उनीहरुको भनाई रहेको छ कुनैपनि तयारी वस्तुको भन्सार महसुलभन्दा कच्चा पदार्थको भन्सार महसुलभन्दा कम भएमात्रै स्वादेशी उद्योगीहरु फस्टाउन सक्ने कोरुगेटेड बक्स म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल (कोबम्यान)–का उपाध्ययक्ष पारस लुनियाको भनाई छ । कच्चा पदार्थ र तयारी उत्पाद बिच भन्सार महसुलमा अन्तर नभएकाले भारतीय उत्पादनको कस्टिग कम हुन गएको लुनिया बताउँछन् कस्टिगमा कमि आएसँगै बिक्री मूल्यमा पनि फरक पर्ने भएकाले नेपाली उत्पादन कम्पनिहरु धरसायीमा पर्दै गएको उद्यागीहरुको बुझाई छ एसोसिएसनका प्रदेश नं १ का संयोजक रिशव दहालका अनुसार, सरकारले स्वादेशि उद्योगी प्रति गरेको बेवस्ताका कारण भन्सार महसुल एउटै हुन पुगेको बताउँछन् । कार्टुनको कच्चा पदार्थ र तयारी उत्पादनमा कम्तिमा पनि १० प्रतिशत भान्सार महसुलको अन्तर हुनु पर्ने दहालको भनाई रहेको छ तयारी वस्तु र कच्चा पदार्थको भन्सार महसुल एउटै दरको भएका कारण नेपालका केही बहुराष्ट्रिय र स्वदेशी उद्योग समेतले भारतबाट कार्टुन आयात गरिरहेको उद्योगीहरुले बताएका छन् तयारी वस्तु र त्यसको कच्चा पदार्थको भन्सार महसुलका बिचमा कम्तीमा २ तहको अन्तर हुने अन्तर्राष्ट्रिय अभ्यास बमोजिम भन्सार महसुल नेपालमा पनि कायम गरिनु पर्ने एसोसिएसनको माग समेत रहेदै आएको छ । देशभरमा रहेको ४८ कार्टुन उद्योगले करिब १० हजार नेपालीलाई राजगारी दिइरहेको एसोसिएसनको तथ्याङमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?