एजेन्सी । विश्वव्यापी रुपमा जति नै आवाज उठाए पनि महिला र पुरुषबिचको विभेदको कुरा उठाएपनि संसारभर महिला र पुरुषले पाउने कामको पारिश्रमिकको दर समान देखिदैन् । महिला र पुरुषबीचको भिन्नता विशेष गरी चलचित्र क्षेत्रमा देखिएको छ । नेपालमा मात्र नभएर भारतीय चलचित्र क्षेत्रमा पनि समान चलचित्र र रोलका लागि पनि नायक नायिकाहरुले पाउने पारिश्रमिकमा पनि धेरै नै अन्तर रहेको पाइन्छ । असमान पारिश्रमिकको बारेमा बारम्बार अभिनेत्री दीपिका पादुकोण, कंगना रनावत र अनुष्का शर्माले असन्तुष्टि जनाउँदै आवाज उठाएको पाइन्छ । हालै मात्रै प्रियंका चोपडा पनि यस विषयमा समर्थन जनाएकी छिन् । बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतीय पत्रकारसँग कुरा गर्दै महिला र पुरुषले पाउने पारिश्रमिकको दूरी विश्वव्यापी समस्या रहेको र यो हरेक पेशामा देखिएको बताएकी छिन् । देशव्यापि रुपमा हेर्ने हो भने पनि केटीले भन्दा केटाले बढी नै पारिश्रमिक पाउने गर्छन् । यो ठूलो समस्या हो र यो चलचित्र क्षेत्रमा मात्र सिमित रहेको देखिदैन् । फोब्र्सको सय जनाको सूचिमा म एक जना मात्र पर्नुले पनि यही संकेत गर्छ,’ प्रियंकाले भनिन् । फोब्र्सको टप टेन भारतीय सेलिब्रेटी भित्र आफूलाई पार्न सफल प्रियंकाले यो उपलब्धिले तत्कालका लागि खुशी बनाए पनि आफूसँगै अरुलाई पनि देख्न पाउँदा थप खुसी लाग्ने बताएकी थिइन् । ‘एक हिसाबले हेर्दा मलाई साँच्चिकै खुशी लागेको छ, किनकि म पनि पुरुष समकक्षीसँगै उभिन पाएकी छु । साधारणतया फिल्म उद्योगमा यस्तो दृश्य देख्न पाइन्न । तर, दुःखको कुरा के छ भने म त्यहाँ एक्लै छु, अरू सबै नायकहरु मात्रै छैनन्,’ उनले भनेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया