पाल्पामा जङ्गली च्याउ खानेको अवस्था गम्भीर

 काठमाडौं । पाल्पाको निस्दी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकाको अवस्था गम्भीर बन्दै गएको छ । 

यहि जेठ २४ गते च्याउ खाएर बिरामी भएका मध्ये दुई जनाको मृत्यु भएको थियो भने अन्य सात जनाको शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनाएको छ । च्याउ खाएर ३६ वर्षीया चनकुमारी खाम्चा, १५ वर्षीया विमला खाम्चा, ८० वर्षका प्रेमसिं ठकुरी, ३० वर्षका दानमाया सिं ठकुरी, सात वर्षका सुमन धनकुमारी सिं, निसासिं ठकुरीको आइसियु र निरुता सिंको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै ४५ वर्षीय पुरन खाम्चाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा क्षेत्र नं-१ का सांसद दलबहादुर रानाले गृहमन्त्रालयबाट निर्णय गराइ बिरामीको निःशुल्क स्वास्थ्य उपचार सेवाको पहल भएको जानकारी दिए । आर्थिक अवस्था कमजोर भएका बिरामी परिवारलाई अस्पतालमा भेट्न पुग्नुभएका सांसद रानाले मृतकलाई उचित राहत तथा बिरामी सबै स्वास्थ्योपचार सरकारले व्यहोर्ने गरी पहल अगाडि बढेको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?