नागढुङगाबाट लागुऔषध सहित एक पक्राउ

काठमाडौं । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोली लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले आज बिहान ०५-४५ बजे नारायणगढबाट काठमाण्डौं आउँदै गरेको ना ५ ख ९५५ नम्बरको बसलाई नागढुङगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा बसमा सवार सिन्धुपाल्चोक  बतासे गाउँपालिका २ घर भई बस्ने वर्ष ३४ को विनोद थापाललाई नाईट्रोभेट १८० ट्याब्लेट, नुफिन, फेनरागन र डाईजेल्याप गरी जम्मा १५० एम्पुल लागुऔषध सहित पक्राउ गरेको छ ।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?