नेप्से परिसूचक पुनः ओरालो लाग्यो

काठमाडौँ । मङ्गलबार झिनो अङ्कले सुधार देखिएको पूँजीबजारमा कारोवार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३ दशमलव ५० बिन्दुले घटेर एक हजार २७२ दशमलव ४८ अङ्कमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०  दशमलव ५० बिन्दुले घटेर २७२ दशमलव ३५ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर ५० करोड २६ लाख ८२ हजार ८८१ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ । 

व्यापार ११  दशमलव  ७, होटल ६ दशमलव ९५ र अन्य उपसमूहको शेयर १ दशमलव ९६ बिन्दुले बढ्दा बैंकिङ ३ दशमलव ०२, विकास बैंक ४ दशमलव ६४, जलविद्युत् ३ दशमलव  ५६, वित्त १ दशमलव ४३, निर्जीवन बीमा ६१ दशमलव ३४, उत्पादन २ दशमलव ७४, लघुवित्त ७  दशमलव ५६, जीवन बीमा २७ दशमलव ३४ र म्युचुअल फण्ड उपसमूहको शेयर ० दशमलव १५ बिन्दुले घटे । 

स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर  सात करोड १२ लाख ६२ हजार २२२ मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यसैगरी शिवम् सिमेन्ट चार करोड २५ लाख ४३ हजार ३४३, प्रभु बैंक लिमिटेड  दुई करोड १३ लाख ५८ हजार ५०१, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक करोड ५९ लाख १० हजार  ६५९ र एनआइसी एशिया बैंकको एक करोड ५३ लाख ९० हजार ९५५ मा कारोवार भई शीर्ष स्थानमा रहे । 

साल्ट टेड्रिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशतले कमाए । गणपति माइक्रो फाइनान्स वित्तीय संस्था र सिभिल लुघवित्त वित्तीय संस्था ५÷५, खानीखोला हाइड्रोपावर ४ दशमलव २३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयर धनीले ३ दशमलव  ५७ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्स ७ दशमलव ०९, मल्टीप्रपोज फाइनान्स कम्पनी लिमिटेड ६९७, कर्णाली विकास बैंक ६ दशमलव ४५, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ६ दशमलव ३५ र कर्पोरेट विकास बैंकका शेयरधनीले ६ दशमलव ३४ प्रशितले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?