काठमाडौं । टिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको छ ।
रुकुमबाट सुर्खेतको छिञ्चुतर्फ आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले आज दिउँसो भरीगङ्गा नगरपालिका ८ लोदेमा ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको छ ।
लेकवेशी नगरपालिका– ७ कल्याणका गेलाङ वीरेन्द्रनगरबाट प्रकाशित सुर्खेत पहिचान दैनिकका प्रकाशक÷सम्पादक थिए । नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका सहसचिवसमेत रहनुभएका गेलाङको शव मेहेल्कुना अस्पतालमा राखिएको छ । मोटरसाइकलमा सवार उहाँलाई ठक्कर दिएलगत्तै फरार भएका टिपर चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया