‘फिल्म समीक्षक’ पक्राउ प्रकरणमा बोले निर्देशक

काठमाडौं–चलचित्र वीर विक्रम–२ समीक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो बताएका हुन् । निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए । उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द प्रयोग गरेको र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं ।’
उनले आफ्नो उद्देश्य प्रनेशलाई दुःख दिनु नभएको स्पष्ट पार्दै भने,‘मैले गौतम भाईलाई पाठ सिकाउनको लागि पनि प्रहरीकहाँ गएको हुँ, यो मैले उसलाई व्यक्तिगत ईगो राखेर थुन्न खोजेको थिईँन् ।’
प्रनेश पक्राउ परेपछि आफूले उनका बाबु र आमासँग पनि भेटेरै कुराकानी गरेको चाम्सले सुनाए । उनले भने,‘प्रनेशका बुवा–आमासँगको कुराकानीमा मैले सोमबारसम्म छुटाउँछु पनि भनेकै हो, तर मिम नेपालका साथीहरु आएपछि रिभ्यू गर्न पाउनुपर्छ, वाक स्वतन्त्रता छ भनेर सिनियर कलाकारहरुको चित्त दुखाउनुभयो । त्यही भएर एक–दुई दिन बसोस् भनेर छोड्यौं ।’
निर्देशक चाम्सले प्रनेशले अहिले आएर आफ्नो गल्ती स्वीकार गरिसकेकोले उनलाई छुटाउनको लागि आफूले प्रक्रिया सुरु गरेको पनि जानकारी दिए ।
प्रनिसद्वारा प्रयोग गरिएका मानहानीसम्बन्धी शब्द, चरित्र हत्या, रंगबिरोधि र जनजाती समुदायमा आघात पु¥याउने शब्दको प्रयोग गरिएको कारण भोलिका दिनमा यस्ता प्रयास अरु कसैबाट कसैमाथी नहोउन् भन्ने सन्देश दिन आफूहरुले प्रयत्न गरेको उनको भनाई छ ।
समिक्षामा अपशब्द प्रयोग गरिएको कारण त्यस्तो शब्द तथा चरित्रमाथी सम्पुर्ण नागरिकको ध्यान केन्द्रीत भएको जनाउदै त्यस्ता अपशब्दले बालबालिका तथा पेशागत सबैको मनोभावनामाथि आघात पुग्न जानेतर्फ पनि उनले ध्यानाकार्षण गराए ।
मेमेसंगको आफ््नो कुनै रिसिईबी तथा आक्रोशको आधारमा लडाई नरहेको बताउदै स्रष्टामाथि गरिएको चरित्र हत्याप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको चाम्सको दाबी छ ।
समिक्षाकै क्रममा प्रनेशले खलाँसी, ड्राइभरको काम गरि आफ्नो जिविका चलाउनेहरुको पेशाकर्मीमाथी आघात पु¥याउने कुरा गरिएकोप्रति आफ्नो आपत्ति रहेको पनि चाम्सले सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?