काठमाडौं । नेपालसहित विश्वभर लोकप्रिय रहेको पब्जी खेल डाउनलोड गर्नेको संख्या ४० करोड नाघेको छ । टेनसेन्स गेम्सले बनाएको पब्जी खेलले ४० करोड डाउनलोड पार गर्नुका साथै दैनिकरुपमा ५ करोड भन्दा बढि सक्रिय यूजर्स रहेको उल्लेख गरेको छ।
कम्पनीले यो विशेष समयलाई सेलेब्रेट गर्न नयाँ अपटेड समेत सार्वजनिक गरेको छ, जसमा नयाँ ४ का विरुद्ध ४ ब्याटल मोड, नयाँ म्याप, कस्टम स्कीन्स र थप सेटिंग अप्सनहरु लन्च गरेको छ ।
नयाँ अपटेड ०.१३.० मा पहिलो तथा तेस्रो पर्सनको मोडलहरुका लागि छुट्टै सेपरेट कन्ट्रोल सेटिंग जोडेको छ । यसमा थर्ड पार्टि चीट प्रीभेन्सन सिस्टममा सुधार गरिएको छ भने नयाँ लेटेन्सी इन्डिकेटर मेन स्क्रीनबाट नै हेर्न मिल्ने बनाइएको छ ।
प्लेयरहरुले विशेषरुपमा गोडजिल्लाः किंग अफ दि मन्सटर्स थीम लबीमा प्रयोग गर्न पाउनेछन भने लिमिटेड थिम इभेन्टहरु पनि रहेका छन् ।
पबजीको टोन डाउन भर्सन पबजी लाइट पनि उपलब्ध रहेको छ, जसलाई थप देशहरुमा कम्पनीले छिटै लन्च गर्न लागेको छ । यो लाइट भर्सन हाल हंगकंग, ताइवान, ब्राजील र बंगलादेशमा मात्र उपलब्ध छन् । एजेन्सीबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया