काठमाडौं । सरकारले असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ ।
सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए ।
उनका अनुसार यात्रु बोक्ने र मालसामान बोक्ने दुबैथरी यातायातका साधनको भाडा बढेको हो । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया