प्रधानमन्त्री ओली सवार केबलकार अड्किएपछि …..

फ्रान्सको सामोनी क्षेत्र पुगेका प्रधानमन्त्री केपी शर्मा ओली सवार केबलकार झण्डै एक घण्टा अड्किएको छ ।

युरोपको सबैभन्दा अग्लो हिमाल  हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न केवलकारमा गएका बेला गोन्डुला अड्केको हो ।

प्रधानमन्त्रीको टोलीसँगै करिब ४० जना केबलकारमा अड्किएका थिए। फ्रान्सेली स्थानीय पत्रिका ल दोफिनले उल्लेख गरे अनुसार पच्चीस सय  मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो।

 खराब मौसमका कारण केवलकार बन्द गर्नुपरेको प्राविधिकलाई उदृद गर्दै त्यहाँको पत्रिकाले जनाएको छ । प्रधानमन्त्रीको टोलीले केबलकारमै छलफल गरेर समय कटाएका थिए ।  

केबलकारमा अड्किएपछि प्रधनामन्त्रीको जेनेभा फर्किने कार्यक्रम ढिलो भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?