दाङमा ३ भारतीयको मृत्यु, ३ जना घाइते

निर्माणाधीन भवन भत्कदा दाङमा  ३ जना भारतीय मजदुरको ज्यान गएको छ ।  अरु तिन जना घाइते भएका छन् । 

दाङको लमही नगरपालिका–७ स्थित सम्राट सिमेन्ट उद्योग निर्माण गर्ने क्रममा निर्माणाधित भवनको ढलान भत्किँदा तीनजना  भारत झारखण्डका मजदूरको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४५ वर्षीय मङ्गल कस्यव, २२ वर्षीय दयाल हरेन र ४६ वर्षीय साहेव रहेको प्रहरीले जनाएको छ ।  मृतक तीनैजना भारतीय नागरिक हुन् ।घाइतेको उपचार भइरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?