हावापानी सुहाउँदो खेतीमा जोड दिनुस् : अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्याकुमारी अर्यालले माटो र हावापानी सुहाउँदो उत्पादन बढी हुने खालका खेती लगाउन  किसानलाई आग्रह गरेकी छिन् ।

कृषिको विकास र किसानको उन्नति बिना देशको विकास हुन नसक्ने भन्दै उनले थपिन् उत्पादन बढाउनको लागि हावापानी र माटो सुहाउने खेती लगाउन तपाईहरुसँग पनि आग्रह गर्छु । 

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नं १२ र १४ का कृषकहरुले एक हजार रोपनी जमीनमा सामूहिक रुपमा लगाउन थालेको कागती खेतीका बारेमा आज आयोजित अन्तरक्रिया कार्यक्रममा उनले सरकार कृषिका माध्यमबाटै देशमा समृद्धि ल्याउने अभियानमा रहेको बताइन् । 

 

लगाएको खेतीबाली बाँदरले खाएर हैरान भएका कृषकहरु सामूहिक कागती खेती लगाउने अभियानले उत्साहित भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?