बम विस्फोटमा परी घाइते भएका श्रेष्ठको मृत्यु

गत जेठ १२ गतेको बम विस्फोटमा परी घाइते भएका रामकुमार श्रेष्ठको मृत्यु भएको छ।

उनको मृत्युसँगै राजधानीका दुई घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ।

 सुकेधारामा भएको बम विस्फोटमा परी रामेछाप मन्थलीका नेकपा कार्यकर्ता  गम्भीर  श्रेष्ठ घाइते भएका थिए।

घाइते उनलाई चाबहिलस्थित ओम अस्पतालमा लगिएको थियो ।  

महाराजगन्ज प्रहरी वृत्तका डिएसपी फणीन्द्र प्रसाईले श्रेष्ठको मृत्यु भएको जानकारी दिए ।विप्लव नेतृत्वको नेकपाले जेठ १३ गते बन्द आह्वान गर्दै जनतालाई तर्साउन विष्फोट गराउन तयार पारेको बम टाईमिङ नमिलेका कारण अघिल्लो दिन नै विष्फोट भएको थियो ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?