प्रचण्डले सुनाए किसानको तागत ! दस करोड जनालाई खान पुग्ने खाद्यान्न उत्पादन गर्ने गर्न सकिन्छ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कृषिमा आधारित अर्थतन्त्र र उद्योगबाट देशको मुहार फेर्न सकिने बताएका छन् ।  

कृषि तथा वन विज्ञान विश्वविद्यालयले रामपुरमा आयोजना गरेको कृषि मेलाको उद्घाटन गर्दै उनले भने, ''कृषिमा आधारित उद्योगहरु स्थापना गर्ने कुरा अगाडि नल्याई कुनै हालतमा नेपालको आर्थिक क्रान्ति वा आर्थिक समृद्धि सम्भव छैन ।'' 

नेपालमा कृषिको विविधिकरण, आधुनिकीकरण, विज्ञान र प्रविधिको यसमा सदुपयोग गरेर तीन करोड होइन, दस करोड जनालाई खान पुग्ने खाद्यान्न उत्पादन गर्न सकिने तागत नेपालको जमिन र नेपाली किसानहरुमा रहेको भन्दै उनले थपे,  ''कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नेपालको विशिष्ट, उत्कृष्ट र दक्षिण एसियाको नमुना विश्वविद्यालय बनाउनु पर्छ ।''

उनले आफूले रामपुर कलेजबाट कृषिमा स्नातक गरेको सन्दर्भ उल्लेख गर्दै  ट्याक्टर चलाउन सिकेको सम्झना गरे । भने, सामान्य किसानको छोरो हुनुको नाताले कृषिमा क्रान्ति गर्नु पर्छ भन्ने सोचेर राजनीतिमा होमिएँ।’ 

कृषिमा क्रान्तिकारी तरिकाले भिन्न इजरायल, कृषिमा प्रविधिको प्रयोगमा अगाडि रहेका चीन र भारतबाट नेपालले सिक्नुपर्ने उनको भनाई छ ।  

कार्यक्रममा उत्कृष्ट किसानलाई सम्मान गरिएको  थियो । 

उनले सम्मानित कृषकहरुलाई बधाई दिँदै कृषि मेलाको सफलताको शुभकामना समेत दिए ।

 कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलोपटक आयोजना गरेको कृषि मेला चार दिनसम्म चल्नेछ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?